काठमाडौं । नेपाल टेलिकमले आफ्ना सेयरधनीलाई लाभांशको प्रस्ताव गरेको छ।
पुस ६ मा बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०८०/०८१ को खुद मुनाफाबाट प्रतिसेयर ३० रुपैयाँ बाँड्ने प्रस्ताव गरेको हो।
यसको स्वीकृतिका लागि अर्थ मन्त्रालयबाट सहमति लिनुपर्नेछ। मन्त्रालयले स्वीकृति दिए आगामी २८ गते बस्ने १७औँ वार्षिक साधारणसभामा पेस गरी त्यहाँबाट पारित भएमा सेयरधनीले उक्त रकम पाउनेछन्।
तपाईंको प्रतिकृया




