‘हनी ट्र्याप’ प्रकरणमा फरार इन्स्पेक्टर शाही अदालतमा उपस्थित

काठमाडौं । ‘हनी ट्रयाप’ मुद्दाका फरार प्रतिवादी प्रहरी निरीक्षक (इन्स्पेक्टर) विनुकुमारी शाही अदालतमा हाजिर भएकी छन् । उनी आइतबार ललितपुर जिल्ला अदालतमा हाजिर भएकी प्रहरीले जनाएको छ ।

उनी ललितपुरको भैँसेपाटी प्रहरी प्रभागको प्रमुख रहँदा एक व्यवसायीलाई हनी ट्रयापमा पारेर रकम असुली गरेको आरोप थियो । प्रहरीको अनुसन्धानका क्रममा घटनामा उनको संलग्नता देखिएपछि प्रतिवादी बनाएर मुद्दा दायर गरिएको थियो ।

भैँसेपाटी प्रभागमा कार्यरत सहायक हवल्दार महेन्द्र हमालविरुद्ध समेत मुद्दा दायर गरिएको थियो । उनी भने साधारण तारेखमा छुटिसकेका छन् । हनी ट्रयाप घटनामा इटहरीकी सुष्मा विक, ताज मूल इस्लाम र भीमादेवी थापा पक्राउ परेका थिए । ताज हाल पुर्पक्षका निम्ति थुनामा छन् । आरोपित दर्शन पोखरेल अझै फरार छन् । उनीहरूले एक व्यवसायीलाई सहमतिको सम्बन्धलाई बलात्कारमा फसाउने भन्दै रकम असुल गरेका अभियोग छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रवि लामिछाने ६० लाख धरौटी बुझाएर रिहा

काठमाडौं । सहकारीको रकम अपचलनका प्रतिवादी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने काठमाडौं जिल्ला अदालतमा धरौटी बुझाएर रिहा भएका छन् । पूर्व गृहमन्त्री समेत रहेका लामिछानेले जिल्ला अदालत काठमाडौंमा धरौटी बापत बैंक ग्यारेन्टी बुझाएर रिहा भएका हुन् ।

प्रतिकृया दिनुहॊस