काठमाडाैं । लगानीकर्ताले आइतबारदेखि सिधै अनलाइनमार्फत सेयर कारोबार गर्न पाउने भएका छन् । आजबाट ब्रोकरले लगानीकर्तालाई कारोबार गर्ने प्रणाली (लगइन) वितरण गर्ने भएपछि स्वचालित विद्युतीय कारोबार गर्न पाउने भएका हुन् ।
यस्तो कारोबारका लागि लगानीकर्ता र ब्रोकरबीच सम्झौता हुनुपर्छ । नेप्सेले पूर्ण स्वचालित विद्युतीय प्रणाली शुरु गरेको ठीक एक महिना पछि लगानीकर्ताले कारोबारमा सिधा पहुँच पाउने भएका हुन् ।
तपाईंको प्रतिकृया




