आईएमई पेबाट ट्राभल बुकिङमा शतप्रतिशत क्यासब्याक

काठमाडौं । डिजिटल वालेट आईएमई पेले क्रिसमस र नयाँ वर्ष २०२५ को अवसर पारी ट्राभल बुकिङमा शतप्रतिशत क्यासब्याक अफर सार्वजनिक गरेको छ।

पुस ५ देखि १७ गतेसम्म १३ दिनको लागि चल्ने अफरमा सेवाग्राहीले आईएमई पे मार्फत आन्तरिक हवाइ टिकट, बस टिकट र केबलकार टिकट खरिदमा दैनिक शतप्रतिशत क्यासब्याक जित्ने मौका पाउनेछन्।

अफरभर हरेक दिन आईएमई पेबाट आन्तरिक हवाइ टिकट काट्ने १ जना भाग्यशाली सेवाग्राही, बस टिकट काट्ने ३ जना भाग्यशाली सेवाग्राही र केबलकार टिकट काट्ने १० जना भाग्यशाली सेवाग्राहीले खरिद गरिएको टिकट मूल्यको शतप्रतिशत क्यासब्याक जित्ने मौका रहेको कम्पनीले जनाएको छ।

विजेताहरु दैनिक लक्की ड्रमार्फत छानिने कम्पनीको भनाइ छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री