कर्णालीले चितवनलाई दियो १७६ रनको लक्ष्य

काठमाडौं । अलराउण्डर विलियम बोसिस्टो र यकिसन कोल्सावालको अर्धशतकमा कर्णाली याक्सले चितवन राइनोजलाई १७६ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित टियु मैदानमा टस जितेर हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले पुरै २० ओभरमा ६ विकेट गुमाएर १७५ रन बनाएको हो ।

कर्णालीका लागि जयकिसनले सर्वाधिक ५३ रन जोडे । उनले ३९ बलमा ६ चौका र २ छक्का प्रहार गरे । बोसिस्टोले ३९ बलमा ३ चौका र २ छक्काको सहयोगमा ५२ रन जोडे ।

यो खेल जित्ने टोली क्वालिफायर टु मा पुग्नेछ र क्वालिफायर वानमा पराजित हुने टोली सँग क्वालिफायर टु मा प्रतिस्पर्धा गर्नेछ । एलिमिनेटरमा पराजित हुने टोली बाहिरिनेछ ।

लिग चरणमा चितवन र कर्णाली दुवैले ७ मध्ये समान ४ खेल जितेका थिए । ८ अंक जोडेपनि नेटरनरेटमा चितवन कर्णाली भन्दा अघि रहँदै तेस्रो भएको थियो । अन्तिम खेलमा सुदूरपश्चिमसँग पराजित भएपनि ८ अंक जोडेको अर्को टोली काठमाडौं गुर्खाजलाई पछि पार्दै कर्णाली याक्स प्लेअफ पुग्ने चौथो अर्थात अन्तिम टोली बनेको थियो ।

लिग चरणको खेलमा चितवनले कर्णालीले चितवनलाई ६ विकेटले पराजित गरेको थियो । पहिलो क्वालिफायरमा दिउँसो १ बजे जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सबीच खेल हुनेछ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री