विराटनगरको दोस्रो जित, प्लेअफ पुग्न चितवनको यात्रा कठिन

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किङ्सले दोस्रो जित हात पारेको छ । प्लेअफको सम्भावना राख्न विराटनगरले चितवन राइनोजलाई ५१ रनले पराजित गर्‍यो । लिग चरणमा एक खेल बाँकी रहँदा विरानगरको ४ अंक भएको छ ।

पराजयसँगै प्लेअफ पुग्ने चितवनको सम्भावना कठिन बनेको छ । उसको ६ खेलबाट ६ अंक मात्र छ । चितवनले लिग चरणको आफ्नो अन्तिम खेलमा शनिबार जनकपुर बोल्ट्ससँग प्रतिस्पर्धा गर्नेछ ।

विराटनगरले भने काठमाडौं गुर्खाजको सामना गर्नेछ । विराटनगर र चितवनसँगै सुदूरपश्चिम रोएल्स, कर्णाली याक्स, काठमाडौं गुर्खाज र पोखरा एभेन्जर्सको पनि प्लेअफमा पुग्ने सम्भावना कायमै छ । जनकपुर बोल्ट्सले यसअघि नै प्लेअफमा स्थान बनाएको छ भने लुम्बिनी एकमा मात्र जित निकाल्दै लिग चरणमै रोकिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री