सर्जक मुकुन्द त्रिपाठीको जाऊ हिँड कान्छी पोखरा सार्वजनिक भएको छ । शब्द र सङ्गीत मुकुन्द त्रिपाठी आफ्नै दिएका छन् भने स्वर मुकुन्द त्रिपाठी र अस्मिता अधिकारीको रहेको छ । गीतमा पोखराको प्रकृति, संस्कृति विशेषताको बारेमा जानकारी गराइएको छ ।
माछापुच्छ्रे र फेवातालको सम्बन्ध वर्णन गर्दै धार्मिक तथा पर्यटकीय स्थलहरू भद्रकाली, गुप्तेश्वर, कालिका, पुंम्धिभुम्धि, तालबाराही, सराङकोट, डेबिटफल, काऊडाँडाको धरहरा, बेगनास ताल, फेवाताल आदी गीतमार्फत चिनारी गराउँदै सांस्कृतिक कार्यक्रम, महोत्सव, प्याराग्लाइडिङ, डुङ्गा तथा नृत्यलाई विश्वसामु चिनाउँदै पोखरालाई स्वर्गजस्तो सुन्दर बनाइ राख्ने जस्ता कुरालाई श्रृङगारिकरुपले मनोरञ्जनात्मक तवर बाट गीतलाई प्रस्तुत गरिएको छ ।
शब्द मुकुन्द त्रिपाठी, सरिता दानाकोटी र अनुभव त्रिपाठीको दमदार अभिनय देख्न पाइन्छ । पोखराको विभिन्न रमणीय स्थानमा छायाङ्कन गरी भिडियोलाई आकर्षक तरीकाले प्रस्तुत गरिएको छ । आफ्नै निर्देशन रहेको गीतमा नृत्य निर्देशन युमी बलामीले गरेकी छन् । अडियो ओजन स्टुडियो र अरेन्जिङ राजु सनमले गरेका छन् । क्यामरामा सुभाष सुबेदी र ईडिट तथा कररिङ सुभाष अमगमईको छ ।



