आज कति छ सुनचाँदीको मूल्य ?

काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार सुनको मूल्य सामान्य बढेको छ । मंगलबार नेपाली बजारमा सुनको मूल्य तोलामा १ सय रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ५० हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ। अघिल्लो कारोबार दिन मंगलबार छापावाला सुन प्रतितोला १ लाख ५० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, यसदिन चाँदीको मुल्य पनि बढेको छ । आज चाँदी प्रतितोला २० रुपैयाँले बढेको हो । महासंघको अनुसार आज चाँदी प्रतितोला १ हजार ८ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन सोमबार चाँदी १ हजार ८ सय ४५ रुपैँयामा कारोबार भएको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री