प्रहरी अनुसन्धान भन्छ- निर्मलाको सामूहिक बलात्कार, थप चार पक्राउ

काठमाडाैं । बालिका निर्मला पन्तको सामूहिक बलात्कारपछि हत्या गरेको आशंकामा महेन्द्रनगरका चार युवालाई प्रहरीले काठमाडौं ल्याएको छ। प्रारम्भिक आधार भेटिएको भन्दै सिआइबीको टोलीले उनीहरूलाई धनगढी हुँदै हवाइजहाजबाट बिहीबार साँझ काठमाडौं ल्याएको हो।

घटनालगत्तै महेन्द्रनगर खटाइएका सिआइबीका अंगुर जिसी निलम्बनमा परेपछि अनुसन्धानमा पठाइएका डिएसपी कमल थापाको टोलीले महेन्द्रनगर भगतपुरका दिनेश चौधरी र विशाल चौधरीसहित चार जनालाई पक्राउ गरेको हो। यो खबर आजको नयाँ पत्रिकामा कञ्चनपुरबाट मोहन विष्ट र  काठमाडौंबाट नवराज मैनालीले मिलेर लेखेका छन्।

समूहका एक सदस्यका रूपमा प्रदीप रावल मंगलबारदेखि नै महाराजगन्जस्थित प्रहरी वृत्तको हिरासतमा छन्। ‘अहिलेसम्मको अनुसन्धानमा सामूहिक बलात्कारपछि नै निर्मलाको हत्या भएको देखिन्छ। त्यसैले पाँच जनालाई हिरासतमा लिएका छौं । अनुसन्धानको प्रगतिबाट हामी आशावादी छौं,’ एक प्रहरी अधिकारीले भने।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

dashain-tika/दशैंको टीकाको उत्तम साइत कात्तिक ७ गते बिहान ११:०२ बजे

दशैंको टीकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दशैंको टिकाको साइत सार्वजनिक गरेको छ । जसअनुसार विजयादशमीको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा  रहेको छ । असोज १७ गते बिहान ९ बजेर १६ मिनेटमा घटस्थापनाको साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

प्रतिकृया दिनुहॊस