सामाजिक सञ्जालमा युवतीको चरित्रहत्या गर्ने पुरुष पक्राउ

काठमाडौँ । सामाजिक सञ्जालमा युवतीको चरित्रहत्या गरेको अभियोगमा नुवाकोट शिवपुरी गाउँपालिका–१ बस्ने ३८ वर्षीय सुरेन्द्र केसीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

केसीले पीडित युवतीलाई सामाजिक सञ्जालमा साथी बनाई प्रेम प्रस्ताव राखी भिडियो कलको क्रममा गरिएको रेकर्ड पीडित र पीडितको आफन्तलाई समेत पठाई अपमान र बेइज्जत गरी चरित्र हत्या गरेको भन्ने पीडितको उजुरीको आधारमा साइबर ब्यूरोबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री