रामेछापमा फोर्स गाडी दुर्घटना : पाँच जनाको घटनास्थलमै मृत्यु, तीन गम्भीर

काठमाडौं । रामेछापमा फोर्स गाडी दुर्घटना हुँदा पाँच जनाले मृत्यु भएको छ । आठ जना गाडी शुक्रबार दिउँसो दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको हो ।

रामेछापका प्रहरी निरीक्षक (डीएसपी) प्रदीप सिंहका अनुसार १४ सिट क्षमताको उक्त गाडीमा आठ जना सवार थिए । गाडी सडकबाट करिब ३०० मिटर तल खसेको छ ।

घटनास्थलमै पाँच जनाको मृत्यु भएको पुष्टि भएको छ भने तीन जना गम्भीर घाइते भएका छन् । दुर्घटनाको विस्तृत विवरण भने अझै आउन बाँकी रहेको प्रहरीको भनाइ छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री