सहकारी ठगी प्रकरणमा प्रहरी इन्स्पेक्टर निलम्बित

काठमाडौँ । सहकारी ठगी प्रकरणमा नेपाल प्रहरीका एक प्रहरी निरीक्षक निलम्बित भएका छन् । प्रहरी प्रधान कार्यालयले इन्स्पेक्टर धर्मेन्द्र अकौलियालाई निलम्बन गरेको हो ।

पुराना घटनामा फरार सूचीमा रहेकाहरूलाई खोजी गर्ने क्रममा प्रहरी वृत्त, स्वयम्भूले आफ्नै प्रहरी निरीक्षक अकौलिया पनि फरार सूचीमा रहेको फेला पारेको थियो । त्यसपछि उनलाई गएको ४ मंसिरमै जिल्ला अदालत, काठमाडौँमा बुझाएको थियो ।

अदालतले उनलाई १ लाख रुपैयाँ धरौटीमा छाडेको थियो । तर, हालसम्म उनीलाई प्रहरीले निलम्बनमा राखेको काठमाडौँ प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, मारुती बचत तथा ऋण सहकारी संस्थाको सदस्यका रूपमा उनीविरुद्ध २०८० भदौमा जाहेरी परेको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

काठमाडौंको तापक्रम निरन्तर घट्दो, आज कस्तो रहला देशभरको मौसम ?

काठमाडौं । देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभागले पहाडी …

प्रतिकृया दिनुहॊस