काठमाडौँ । बहुप्रतिक्षित नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणका खेलहरूको युट्युब प्रसारण अधिकार एक्सन स्पोर्ट्सले प्राप्त गरेको छ ।
डिजिटल माध्यमबाट खेल प्रसारण गर्न ब्रान्ड लजिक र डिश मिडिया नेटवर्क बीच सम्झौता भएको छ । यस सम्झौताअनुसार, दर्शकहरूले अब एनपीएलका सबै खेलहरू एक्सन स्पोर्ट्सको आधिकारिक युट्युब च्यानलमा प्रत्यक्ष रूपमा हेर्न सक्नेछन् ।
त्यसैगरी, प्रतियोगिताका खेलहरू टेलिभिजनमार्फत स्टार स्पोर्ट्स नेटवर्कले पनि प्रसारण गर्नेछ । एनपीएलको यो पहिलो संस्करण मंसिर १५ देखि पुस ६ सम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा सञ्चालन हुनेछ । यो सम्झौताले नेपाली क्रिकेटप्रति दर्शकको पहुँचलाई अझ व्यापक बनाउन सहयोग गर्ने विश्वास गरिएको छ ।
प्रतिकृया दिनुहॊस