प्रियंकाकी बहिनीले लिइन् जुत्ता लुकाएबापत पाँच लाख

काठमाडाैं । प्रियंका चोपडाकी बहिनी (काकाकी छोरी) परिणीति चोपडाले आफ्ना भिनाजु निक जोनसको जुत्ता लुकाएबापत ३ करोड ५० लाख भारतीय रुपैयाँ माग गरिन्।

यसअघि क्रिस्चियन परम्पराअनुसार बिहे गरेका बलिउड अभिनेत्री प्रियंका र अमेरिकन गायक निकले पुनः मंगलबार हिन्दू संस्कारअनुसार बिहे गरेका थिए। बिहेमा सालीले भिनाजुकाे जुत्ता लुकाउने चलनअनुसार परिणीतिले निकको जुत्ता गायब गरेकी थिइन्।

तर, निकले परिणीतिले मागअनुसार पैसा दिएनन्। भारतीय सञ्चार माध्यमका अनुसार यस विषयमा बिहेअघि नै साली-भिनाजुबीच पैसाको बार्गेनिङ भएको थियो। जुत्ता लुकाएको दिन पनि उनीहरूबीच बार्गेनिङ भएको थियो। त्यसपछि परिणीति पाँच लाख भारतीय रुपैयाँमा चित्त बुझाउन सहमत भइन्। निकले उनको हातमा यति रकम थमाइदिए र जुत्ता लिए।

तपाईंको प्रतिकृया

लेखकबाट थप