ईसेवाबाट रेमिट्यान्स पठाएर घर विजेताको घोषणा मंसिर १२ गते

काठमाडौं । ईसेवा मनी ट्रान्सफरको ‘मेरो डिजिटल देश’ अभियानअन्तर्गत काठमाडौंमा घर विजेताको घोषणा यही मंसिर १२ गते गरिने भएको छ । यो घोषणा कार्यक्रम ईसेवा मनी ट्रान्सफर र ईसेवाको आधिकारिक फेसबुक पेजमार्फत प्रत्यक्ष हेर्न सकिने कम्पनीले जनाएको छ ।

ईसेवा मनी ट्रान्सफरले डिजिटल रेमिट्यान्स र सुरक्षित कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले दुई वर्षअघि मेरो डिजिटल देश अभियान सुरु गरेको थियो । यो योजना ०८० असोज १ गते फेरि सुरु गरिएको थियो ।

योजनामा विदेशबाट ईसेवा मनी ट्रान्सफरमार्फत ईसेवा वालेटमा रेमिट्यान्स पठाउने सेवाग्राहीमध्ये एक विजेताले काठमाडौंमा घर जित्ने अवसर राखिएको थियो । यो अवधिभर १० विजेताले आफूले पठाएको रकम दोब्बर पाएको कम्पनीले जनाएको छ । यस्तै, चार परिवारले विशेष सरप्राइज पुरस्कार पनि प्राप्त गरेको कम्पनीले जनाएको छ ।

ईसेवा मनी ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेश कोइरालाले मेरो डिजिटल देश अभियानबाट देश–विदेशमा रहेका नेपालीको अनुहारमा खुसी ल्याउने सानो प्रयास गरिएको बताए ।

ईसेवा मनी ट्रान्सफरले परम्परागत शैली तथा डिजिटल माध्यमबाट ईसेवा वालेट, बैंक तथा वित्तीय संस्था र आफ्ना भुक्तानी केन्द्रमार्फत पनि विप्रेषण सेवा प्रदान गर्दै आएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सिटी एक्सप्रेसलाई मध्यमस्तरिय करदाता कार्यालयको सम्मान

काठमाडौं । सरकारलाई बढी कर बुझाउने सिटी एक्सप्रेस मनी टान्सफरलाई मध्यमस्तरिय करदाता कार्यालयले सम्मान गरेको …

प्रतिकृया दिनुहॊस