फाइल फाेटाे

रुखले च्यापिएर एकको मृत्यु

काठमाडौं । बाजुरामा रुखले च्यापिएर एक जनाको मृत्यु भएको छ । अरु दुई जना गम्भीर घाइते भएका छन् । आइतबार दिउँसो हिमाली गाउँपालिका–३ बिच्छ्यास्थित युनामा रुखले च्यापिएर ४३ वर्षीय सुपधन बुढाको घटनास्थलमै मृत्यु भएको हो ।

रुखले च्यापिएर ४८ वर्षीया सिदुपुरी रोकाया र ३० वर्षीय पर्मलाल सुनार गम्भीर घाइते भएका जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । उनीहरूलाई उपचारका लागि हेलिकोप्टरमार्फत अस्पताल लैजाने तयारी भएको हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर मल्लले जानकारी दिए ।

उनका अनुसार स्थानीय नापीखोला साना जलविद्युत आयोजनामार्फत गाउँगाउँमा विद्युत् पुर्‍याउने कार्य कादुरी संस्थाले गरिरहेको छ । ‘विद्युतीकरणका क्रममा सल्लाका रुख कटानको कार्य भइरहेको थियो,’ अध्यक्ष मल्लले भने, ‘सोही क्रममा रुख ढल्दा च्यापिएर घटना घटेको हो । घाइतेलाई उपचारका लागि अस्पताल लैजान हेलिप्याड भएको स्थानसम्म पुर्‍याइएको छ ।’ बिच्छ्या प्रहरी चौकी र कोल्टीबाट प्रहरीको टोली घटनास्थलतर्फ गएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

उपत्यकाबाट हराएका २७ मोटरसाइकल फेला

काठमाडौं । ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा विभिन्न सयमा हराएका २७ मोटरसाइकल तथा स्कुटर फेला पारेर …

प्रतिकृया दिनुहॊस