काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०८०/०८१ को वितरणयोग्य मुनाफाबाट असार मसान्तसम्मको चुक्तापुँजीको आधारमा १४.७३६८ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।
गएको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले १४ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७३६८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएपश्चात् कम्पनीको आगामी साधारणसभाबाट पारित भएपछि लगानीकर्ताले लाभांश प्राप्त गर्नेछन् ।
प्रतिकृया दिनुहॊस