काठमाडौँमा आज यस वर्षको अहिलेसम्मकै चिसो

[horoscope in nepal, news from nepal, newsdainik, dainiknews]

काठमाडौं । उपत्यकाको तापक्रम यो वर्ष पहिलो पटक सबैभन्दा न्यून बिन्दुमा पुगेको छ । मंसिर ९ गते बिहानको मापन अनुसार, उपत्यकाको न्यूनतम तापक्रम ८.२ डिग्री सेल्सियसमा झरेको छ ।

यसअघि, मंसिर ६ गते तापक्रम ९ डिग्री सेल्सियससम्म झरेको थियो । तर आज त्यो भन्दा पनि तल झर्दै चिसो अझै बढेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसमविद्हरूले उपत्यकाका साथै देशभर नै तापक्रम घट्दै गएको र चिसो क्रमशः तीव्र भइरहेको जानकारी दिएका छन् । चिसो मौसमको प्रभावले दैनन्दिन गतिविधिमा समेत असर पर्न सक्ने भन्दै सतर्कता अपनाउन सुझाव दिइएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रवि लामिछानेविरुद्ध थप अनुसन्धानको तयारी, अदालत उपस्थित गराइयो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई अदालतमा उपस्थित गराइएको छ । सहकारी ठगी, सम्पत्ति हिनामिना, र सङ्गठित अपराधका आरोपमा अनुसन्धानका लागि थप म्याद माग गर्दै प्रहरीद्वारा उनलाई अदालत लगिएको हो । रवि लामिछानेलाई कात्तिक २ गते काठमाडौँबाट पक्राउ गरिएको थियो ।

प्रतिकृया दिनुहॊस