काठमाडौं । सुनसरीको बराहक्षेत्र नगरपालिकाको सप्तकोशी नदी किनारामा एक महिला र एक पुरुषको शव फेला परेको छ । सप्तकोशीमा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेको प्रहरी निरीक्षक विकास राइले जानकारी दिएका छन्।
उनका अनुसार इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट प्रहरी परिचालन गरि शवको परीक्षणका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पठाइको छ । उनले महिलाको शव बराहक्षेत्र– ९ मा र पुरुषको शव बराहक्षेत्र– १ को सप्तकोशी किनारामा भेटिएको बताए । महिलाको शव सडेगलेको अवस्था फेला पारिएको प्रहरी निरीक्षक राईले बताए।
पुरुषको शव भने आफन्तले चिन्न सक्ने अवस्थामा रहेको उनको भनाइ छ । महिला र पुरुषको शवको पहिचान नखुलेकाले कोशी प्रदेशभरीका प्रहरी कार्यालयहरूमा जानकारीका लागि पत्राचार गरिएको छ । प्रहरीले घरबाट कोही बेपत्ता भएको भए बीपी प्रतिष्ठान धरानमा आएर शवको पहिचान गरी सहयोग पुर्याउन प्रहरीले अनुरोध गरेको छ ।
प्रतिकृया दिनुहॊस