काठमाडौं प्लाजामा आजदेखि निःशुल्क पार्किङ गर्न पाइने

काठमाडौं । काठमाडौं प्लाजामा आजदेखि निःशुल्क पार्किङ गर्न पाइने भएको छ । काठमाडौं महानगरपालिकाले शुक्रबार एक सूचना जारी गरी आज साँझ साढे ५ बजेदेखि राति ११ बजेसम्म महानगरको कार्यालय परिसर गाडी पार्किङका लागि खुला हुने जानकारी दिएको हो ।

यो सुविधाले कमलादी, कमलपोखरी, पुतलीसडक, दरबारमार्ग ती क्षेत्र आसपासको सवारी साधन पार्किङ सहज हुने महानगरपालीकाले विश्वास लिएको छ ।

‘कमलादी, पुतलीसडक, दरबार मार्ग, हात्तीसार, कमलपोखरीलगायत स्थानको यातायात आवागमन र पार्किङमा सहजता हुनेछ ’ महानगरपालिकाको प्रशासन विभागद्धारा जारी गरिएको सुचनामा भनिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

फोहोर गरेको भन्दै महानगरले एमालेलाई गर्‍यो १ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले सत्तारूढ नेकपा एमालेलाई एक लाख रुपैयाँ जरिवाना गरेको छ । दरबारमार्गमा आयोजित जागरण सभाका क्रममा सार्वजनिक सडक र फुटपाथमा फोहोर गरेको आरोपमा कारबाही गरिएको हो । महानगरपालिकाले शुक्रबार पठाएको पत्रमा, २०६८ सालको फोहोर मैला व्यवस्थापन ऐन र काठमाडौं महानगरपालिकाको २०८१ सालको आर्थिक ऐनलाई आधार मान्दै, एक लाख रुपैयाँ जरिवाना लगाइएको उल्लेख छ ।

प्रतिकृया दिनुहॊस