काठमाडौं । साताको तेस्रो कारोबार दिन बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेको छ । बुधबार नेप्से परिसूचक ९.०९ अंकले बढेर २ हजार ७११.७५ विन्दुमा बन्द भएको हो ।
बुधबार ७ अर्ब ९ करोड २८ लाख रुपैयाँ बराबरको १ करोड ५४ लाख ६४ हजार कित्ता शेयर कारोबार भएको छ।
कारोबारमा आएका कम्पनीहरुमध्ये १४३ कम्पनीको शेयरमूल्य बढेको छ भने ८९ वटा कम्पनीको घटेको छ । ११ कम्पनीको शेयरमूल्य स्थिर छ । बुधबार ७ वटा कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ भने सर्वाधिक कारोबार ङादी ग्रुप पावरको भएको छ । कम्पनीको ३२ करोड ८१ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको नेप्सेले जनाएको छ ।
प्रतिकृया दिनुहॊस