काठमाडौं – रूकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका-२ को वडाध्यक्षमा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार जगत घर्ती निर्विरोध चयन भएका छन् । नेकपा (एमाले)का उम्मेदवार जीवन रोका र स्वतन्त्र उम्मेदवार शुक्र विकले उम्मेदवारी फिर्ता फिर्ता लिएपछि जगत घर्ती निर्विरोध भएका हुन् ।
वडाध्यक्षका लागि तीन जनाको मात्रै उम्मेदवारी परेको थियो । दुई जनाले फिर्ता लिएसँगै माओवादी उम्मेदवार निर्विरोध निर्वाचित भएको मुख्य र्विाचन अधिकृतको कार्यालयले जनाएको छ । त्यहाँ एमालेकै उम्मेदवारलाई सघाउने निर्णय गरेर कांग्रेसले आफ्नो उम्मेदवारी दिएको थिएन ।
कांग्रेस-एमालेका साझा उम्मेदवार रहेका जीवन रोकाले विज्ञप्ती नै जारी गरेर उम्मेदवारी फिर्ता लिएको सार्वजनिक गरेका छन् । उनले योग्य ठानेर टिकट दिएप्रति पार्टीलाई धन्यवाद दिँदै वडाध्यक्षका लागि माओवादी उम्मेदवार जगत घर्ती निर्विकल्प उम्मेदवार रहेको बताएका हुन् ।
प्रतिकृया दिनुहॊस