दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले व्यवसायी दुर्गा प्रसाईँलाई ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ । जिल्ला न्यायाधीश माधव प्रसाद अधिकारीको इजलासले ५ दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध भ्रामक सामग्री सार्वजनिक गरेको आरोपमा प्रसाईँ मङ्गलवार पक्राउ परेका थिए । उनलाई सीआईबीको टोलीले भक्तपुरस्थित निवासबाटै पक्राउ गरेको थियो ।

हिजै पक्राउ गरिए पनि समय अभावका कारण उनलाई आज बुधवार अदालतमा पेस गरिएको हो । प्रहरीले उनीमाथि साइबर अपराध लगायतका अभियोगमा अनुसन्धान गर्ने भएको हो ।

प्रसाईँले फेक भिडिओ बनाएर प्रधानमन्त्री ओलीले कम्बोडियामा २० करोड डलर लगानी गरेको आरोप लगाएका थिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रूकुम पूर्व : पुथा उत्तरगंगा-२ को वडाध्यक्षमा माओवादीका घर्ती निर्विरोध

काठमाडौं – रूकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका-२ को वडाध्यक्षमा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार जगत घर्ती …

प्रतिकृया दिनुहॊस