काठमाडाैं । सूर्यज्योती लाइफ इन्स्योरेन्सले संस्थापक शेयर बिक्री गर्ने भएको छ । कम्पनीले शेयरधनी रमेश चोखानीको नाममा रहेको २७ हजार ३२१ किक्ता शेयर विक्री गर्ने भएको हो ।
यो शेयर हाललाई कम्पनीका शेयरधनीले मात्रै खरिद गर्न पाउने बताइएको छ । उक्त शेयर खरिद गर्न इच्छुक शेयरधनीले ३५ दिनभित्र आफूले लिन चाहेको शेयर संख्या र दररेट खुलाई कम्पनीको शेयर रजिष्ट्रार एनआईसी एशिया क्यापिटल लिमिटेड, ट्रेड टावर थापाथलीमा शिलबन्दी पेस गर्नुपर्नेछ ।
तोकिएको समयभित्र संस्थापक शेयधनीबाट खरिद आवेदन नपरेमा सो शेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गर्ने प्रक्रिया अघि बढाइने समेत कम्पनीको सूचनामा उल्लेख गरिएको छ ।
प्रतिकृया दिनुहॊस