काठमाडौं । नेपाली बजारमा साताको तेस्रो आज (मंगलबार) सुनको मूल्य बढेको छ । सोमबार १ हजारले बढेको सुनको मूल्य मंगलबार तोलामा १ हजार १ सय रुपैयाँले उकालो लागेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ६२ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार दिन सोमबार छापावाला सुन प्रतितोला १ लाख ६१ हजार रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले बढेर प्रतितोला १ हजार ९ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन सोमबार चाँदी १ हजार ९ सय २० रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिकृया दिनुहॊस