काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले डिजिटल भुक्तानीलाई प्रवर्द्धन गर्ने लक्ष्यका साथ आफ्नो मोबाइल बैंकिङ्ग सेवाको स्तर वृद्धि गर्दै नयाँ ‘मुक्तिनाथ फाइदा एप’ (Financial Access in Digital Application) सार्वजनिक गरेको छ। यस एपको माध्यमबाट ग्राहकहरूले “मोबाइल एक, फाइदा अनेक” भन्ने नारासहित बिभिन्न बैंकिङ्ग सेवा घरमै बसी सजिलैसँग उपयोग गर्न सक्नेछन् ।
नयाँ एपले डिजिटल बैंकिङ्गको सर्वव्यापी दृष्टिकोणलाई आत्मसात् गरेको छ, जसका कारण सबै ग्राहकहरूले सजिलो र सुरक्षित रूपमा सेवा लिन सक्नेछन् । एपमा सुरक्षा व्यवस्थालाई थप सुदृढ पारिएको छ जसअन्तर्गत सुरक्षा प्रश्न राख्ने र प्रयोगकर्ताले प्रयोग गर्ने डिभाइसको पहिचान गर्ने सुविधा पनि रहेको छ । यसले गर्दा अनधिकृत पहुँचबाट ग्राहकको खाता सुरक्षित रहनेछ ।
ग्राहकहरूले मोबाइल फोन वा वेबमार्फत एउटै पासवर्ड प्रयोग गरेर सुरक्षित रुपमा आफ्नो खाताबाट कारोबार गर्न सक्नेछन् । एपमा थप गरिएका सुविधाहरूमा विभिन्न बिल भुक्तानी, नगद जम्मा भौचर, एटीएम कार्ड नविकरण, इ-कमर्स कार्ड सक्रिया, भाषा छनौट, विदेशी मुद्रा विनिमय दर, ब्याज दर, कारोबारको सीमा जानकारी, बैंकले दिने वस्तु तथा सेवाहरुको विवरण, भेटघाटको लागि अनुरोध, असफल कारोबारको दाबी, बैंक सुचना, गुनासो तथा सुझाव, चेक बुक अनुरोध, भुक्तानी तालिका, आम्दानी तथा खर्चको ग्राफलगायतका अन्य सुविधा समावेश छन् ।
यसका साथै, बैंकले नेपालको पहिलो सामुहिक लगानी कोष (म्युचुअल फण्ड) ‘मुक्तिनाथ म्युचुअल फण्ड’ आउँदो मंसिर महिनामा सार्वजनिक निष्कासन मार्फत बिक्रिमा ल्याउने तयारी गरिरहेको छ । यस कोषको प्रवर्द्धक मुक्तिनाथ विकास बैंक रहेको छ भने योजना व्यवस्थापनको जिम्मेवारी मुक्तिनाथ क्यापिटलले लिएको छ ।
प्रतिकृया दिनुहॊस