सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगको टाइटल स्पोन्सर

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)को टाइटल स्पोन्सरको रूपमा सिद्धार्थ बैंक रहने घोषणा गरेको छ ।

शुक्रबार पत्रकार सम्मेलनमार्फत क्यानका सचिव पारस खड्काले एनपीएल र बैंकबीच पाँच वर्षको सहकार्य हुने जानकारी दिए । क्यानका सचिव खड्काले कीर्तिमान सहकार्य भएको उल्लेख गरे पनि कति रकममा सम्झौता भएको भन्नेबारे भने खुलाउन चाहेनन् ।

सो अवसरमा सिद्धार्थ बैंकका अध्यक्ष मनोज केडियाले नेपालमा लोकप्रिय रहेको क्रिकेट खेल विकासमा सहयोग गर्ने उद्देश्यले बैंकले सहकार्य गरेको बताए ।

उनले एनपीएलका कारण खेलाडीले विश्वका स्टारसँग खेल्ने राम्रो अवसरमा पाउने र देशको पर्यटनमा पनि सघाउ पुग्ने विश्वास व्यक्त गरे । सो अवसरमा क्यानका सचिव खड्काले दुई दिनभित्र एनपीएलको खेलतालिका सार्वजनिक गरिने र मंसिर १६ गते कीर्तिपुरमा नै उपनिर्वाचन हुने भएकाले त्यस दिन खेल सञ्चालन नहुने स्पष्ट पारे ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

महालक्ष्मी बैंक र नेपाल क्लियरिङ्ग हाउसबीच अन्तर्देशीय क्युआर पेमेन्टको लागि सम्झौता

काठमाडौँ । महालक्ष्मी विकास बैंक र नेपाल क्लियरिङ्ग हाउस ली बीच अलिपे प्लस द्वारा एकीकृत …

प्रतिकृया दिनुहॊस