काठमाडौं । चलचित्र ‘दुखी आत्मा’ले रिलिज डेट लिएको छ । निर्देशक दीपेन्द्र लामाका अनुसार यो चलचित्र फागुन २ गते अर्थात् भ्यालेन्टाइन डेको दिन रिलिज हुनेछ ।
दीपेन्द्रको लेखन तथा निर्देशन रहेको चलचित्रमा दयाहाङ राई मुख्य भूमिकामा छन् । दयाहाङसँगै आँचल शर्मा, अनुपविक्रम शाही, बुद्धि तामाङ, रेयर राईलगायतको अभिनय छ ।
हिमाल कडरिया निर्माता रहेका चलचित्रका कार्यकारी निर्मातामा सुदीप ढकाल छन् ।
तपाईंको प्रतिकृया




