मुख गनाउने समस्याबाट कसरी छुटकारा पाउने ?

काठमाडाैं । धेरै मानिसको मुख गनाउँछ। तर, मुख गनाउने समस्यालाई उनीहरुले धेरै सिरियस्ली लिँदैनन्। किनकी, ती मानिसलाई आफ्नो मुख गनाएको थाहा नै हुँदैन। यो खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ।

मुख गनाउने विषय व्यक्तित्वसँग जोडिएको विषय भएकाले केहीलाई तनावको विषय बन्ने गर्छ। कतिपय मानिस त नियमित ब्रस गर्दा पनि मुख गनाउने समस्याबाट छुटकारा पाउन सक्दैनन्।

कसरी पाउने छुटकारा ?

सुकमेललाई मुख गनाउने औषधिको रुपमा प्रयोग गर्न सक्नुहुन्छ।

खाना खाइसकेपछि एउटा गेडा सुकमेल मुखमा च्याप्ने बानीले मुख गनाउने समस्याबाट बिस्तारै मुक्ति पाउन सकिन्छ।

खानापछि धनियाँको पात चपाउने बानीले पनि यस्तो समस्याबाट मुक्ति पाउन सकिन्छ।

ल्वाङले पनि सास स्वच्छ र सुगन्धित पार्न मद्दत गर्छ।

प्राकृतिक रुपमा सास गनाउने समस्याबाट टाढा रहन पुदिनाको प्रयोग गर्न सकिन्छ।

अम्बा र अनारको प्रयोगले पनि सास गनाउने समस्याबाट छुटकारा पाइन्छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कान्ति बाल अस्पताललाई काठमाडौँ महानगरको सहयोग, ‘मोडुलर अपरेसन थियटर’ निर्माण गरिने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले महाराजगञ्जस्थित कान्ति बाल अस्पतालमा ‘मोडुलर अपरेसन थियटर’ निर्माण गर्ने भएको छ …

प्रतिकृया दिनुहॊस