भारतीय स्थल सेनाध्यक्ष द्विवेदी पाँच दिने नेपाल भ्रमणमा आउँदै

काठमाडौं । छिमेकी मुलुक भारतका स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदी आगामी मंसिर ५ गते पाँच दिवसीय नेपाल भ्रमणमा आउँदै छन् ।

राष्ट्रपति एवं नेपाली सेनाका परमाधिपति रामचन्द्र पौडेलले त्यस अवसरमा उनलाई मंसिर ६ गते नेपाली सेनाको मानार्थ महारथीको सम्मान प्रदान गर्ने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

भारतीय सेनाध्यक्ष द्विवेदीले नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री केपी शर्मा ओली, रक्षामन्त्री मानवीर राई र समकक्षी प्रधानसेनापति अशोकराज सिग्देलसँग भेटवार्ता गर्नेछन् । नेपाल भ्रमणका क्रममा सेनाध्यक्ष द्विवेदीले सैनिक मञ्च टुँडिखेलस्थित वीर स्मारकमा श्रद्धाञ्जली अर्पण र जङ्गी अड्डामा सम्मान गारतको निरीक्षण गर्नेछन् ।

उनले कमाण्ड तथा स्टाफ कलेजका विद्यार्थीसँग अन्तक्रिया र पश्चिम पृतनाको भ्रमण गर्ने कार्यसूची छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सामाजिक सञ्जालबाट अर्काको चरित्र हत्या गरेको भन्दै धनगढीकी जानकी पक्राउ

काठमाडौं । सामाजिक सञ्जालमार्फत चरित्र हत्या गरेको अभियोगमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । …

प्रतिकृया दिनुहॊस