जिल्ला अदालतका कपिलवस्तुका दुई कर्मचारी घुससहित पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयले घुससहित जिल्ला अदालत कपिलवस्तुका दुई जना कर्मचारीलाई पक्राउ गरेको छ ।

जिल्ला अदालतका कपिलवस्तुका तहसिलदार सन्तोषकुमार मिश्र र कम्प्युटर अपरेटर विकास पाण्डेले सेवाग्राहीसँग जग्गा सम्बन्धी कार्यका लागि २० हजार रुपैयाँ घुस लिएको अवस्थामा उनीहरूलाई घुससहित कपिलवस्तुको गौरी चोकस्थित चिया पसलबाट पक्राउ गरिएको हो ।

कार्यालयका उपसचिव एवं सूचना अधिकारी ईश्वर प्रसाद आचार्यका अनुसार दुवै जनालाई नियन्त्रणमा लिएर आवश्यक प्रक्रिया अगाडी बढाइएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

परराष्ट्रमन्त्री राणा १३ गते चीन जाने, जापान भ्रमण स्थगित

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा आगामी मंसिर १३ गते चीन जाने निश्चित भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणको तयारीलाई सहज बनाउन मन्त्री राणा प्रधानमन्त्रीभन्दा पाँच दिन अगावै उत्तरी छिमेकी मुलुकतर्फ प्रस्थान गर्न लागेकी हुन् ।

प्रतिकृया दिनुहॊस