दीपक मनाङे डिल्लीबजार कारागार चलान

[horoscope in nepal, news from nepal, newsdainik, dainiknews]

काठमाडौँ । ज्यान मार्ने उद्योगमा दोषी ठहरिएपछि पक्राउ परेका गण्डकी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री दीपक मनाङे (राजीव गुरुङ) डिल्लीबजार कारागार चलान भएका छन् ।

मंगलबार राजधानीको सानोभर्‍याङबाट पक्राउ परेका मनाङेलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालतमा पेस गरेको थियो । लगत्तै अदालतले उनलाई केन्द्रीय कारागार पठाएको हो । मनाङेको मुद्दामा कात्तिक २० गते सर्वोच्च अदालतले यसअघि उच्च अदालत पाटनबाट भएको फैसला मिलेको भन्दै सदर गरेको थियो ।

उच्च अदालत पाटनले उनलाई ज्यान मार्ने उद्योगमा ५ वर्ष कैदको फैसला सुनाएको थियो । सर्वोच्चले पनि पाँच वर्ष कैदको फैसला सदर गरेको हो । मनाङे यसअघि भुक्तान गरिसकेको सजाय कट्टा गरेर अब दुई वर्ष चार महिना एक दिन कारागारमा बस्नुपर्ने बताइएको छ । उनले मन्त्री पद छाडेको दुई महिनामै कारागार पुगेका छन् । गत भदौ १७ गते उनले गण्डकी प्रदेशको वन मन्त्री अस्वीकार गरी राजीनामा दिएका थिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपाल एयरलाइन्सको अन्तर्राष्ट्रिय टिकटमा ५ हजारसम्म छुट

काठमाडौं । नेपाल एयरलाइन्सले अन्तर्राष्ट्रिय टिकटमा ५ हजारसम्म छुट दिने भएको छ । एयरलाइन्सले दोहा, …

प्रतिकृया दिनुहॊस