फाइल फाेटाे

दोहोरो प्रदर्शनको सम्भावनापछि रुपन्देहीको सुरक्षा व्यवस्था कडा पारियो

[horoscope in nepal, news from nepal, newsdainik, dainiknews]

काठमाडौं । सरकारले रुपन्देही र आसपासको सुरक्षा व्यवस्था कडा पारेको छ । रास्वपाका सभापति रवि लामिछानेलाई बुटवल ल्याइने भएपछि रुपन्देहीको सुरक्षा व्यवस्था कडा पारिएको हो ।

बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणको बयानका लागि आज लामिछानेलाई रुपन्देही ल्याइँदै छ । रुपन्देहीस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल वरपर सुरक्षा संवेदनशीलता बढाइएको छ, जहाँ नेपाल प्रहरी र सशस्त्र प्रहरीका जवानहरूलाई व्यापक रूपमा परिचालन गरिएको छ । लामिछानेलाई पोखराबाट उडानमार्फत ल्याउने तयारी गरिएको भए पनि विमानस्थलमा खराब मौसमका कारण उडान ढिला भइरहेको जनाइएको छ ।

लामिछानेलाई रुपन्देही ल्याउने भएसँगै रास्वपाका समर्थकहरू भैरहवामा प्रदर्शनको तयारीमा जुटेका छन् । रास्वपाले आफ्ना कार्यकर्ताहरूलाई बिहान १० बजे भैरहवामा उपस्थित हुन निर्देशन दिएको थियो ।

लामिछानेको समर्थनमा प्रदर्शनको तयारी भइरहेका बेला सहकारी पीडितहरूले पनि सरकारी वकिलको कार्यालय अगाडि विरोध प्रदर्शनको योजना बनाइरहेका छन् । यसले दोहोरो प्रदर्शनको सम्भावना बढाएको छ । यही घटनाक्रमलाई मध्यनजर गर्दै सुरक्षामा थप कडाइ गरिएको हो ।

सुप्रिम सहकारी ठगी प्रकरणमा लामिछानेको संलग्नता रहेको आरोप छ । संसदीय छानबिन विशेष समिति र प्रहरीको प्रतिवेदनअनुसार, सुप्रिम सहकारीबाट १ करोड ९६ लाख रुपैयाँ लामिछानेकै नाममा, साथै १४ करोड २९ लाख रुपैयाँ अन्य व्यक्तिहरू मार्फत गोर्खा मिडिया नेटवर्कमा पठाइएको भनिएको छ । यस प्रकरणमा बयानका लागि उनलाई रुपन्देही ल्याउन लागिएको हो ।

विमानस्थलदेखि सरकारी वकिलको कार्यालयसम्म सुरक्षा व्यवस्था मजबुत पारिएको छ । प्रहरी प्रशासनले कुनै पनि अप्रिय घटना हुन नदिनका लागि सतर्कता अपनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सामाजिक सञ्जालबाट अर्काको चरित्र हत्या गरेको भन्दै धनगढीकी जानकी पक्राउ

काठमाडौं । सामाजिक सञ्जालमार्फत चरित्र हत्या गरेको अभियोगमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । …

प्रतिकृया दिनुहॊस