कालीकोटमा जिप दुर्घटना हुँदा कम्तिमा आठ जनाको मृत्यु

[horoscope in nepal, news from nepal, newsdainik, dainiknews]

काठमाडौं । कालीकोटमा जीप दुर्घटना हुँदा आठ जनाको घटनास्थलमै मृत्यु भएको छ । आइतबार दिउँसो कालीकोटको पलाँता गाउँपालिका–३ राढुनेटामा यात्रुवाहक जीप दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको हो ।

पलाँता गाउँपालिकाका उपाध्यक्ष अलैपुरा जैशीले २० जना सवार बोलेरो जीप भिरबाट खसेको र आठ जनाको घटनास्थलमै मृत्यु भएको जानकारी दिइन् ।

जिल्ला प्रहरी कार्यालय कालीकोटका डिएसपी टेकबहादुर रावतले दुर्घटनाबारे प्रहरीले सूचना प्राप्त भएको र त्यसतर्फ टोली परिचालित भइसकेको जानकारी दिए । ‘हामी जाँदैछौ‌ । दुर्घटनाको सूचना आएको छ । अरू विवरण घटनास्थल पुगेपछि थाहा हुन्छ,’ उनले भने । जीप पलाँताको वडा नम्बर ३ बाट वडा नम्बर ९ तर्फ जाँदै थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

काठमाडौं महानगरले फेरि थाल्यो भित्तेचित्र लेखन (तस्बिरहरु)

काठमाडौँ । मौलिक तथा प्राचीन महत्वका चित्रकलाबाट सहरको सुन्दरता अभिवृद्धि गर्ने कामलाई काठमाडौँ महानगरपालिकाले पुनः सुचारु गरेको छ । ललित कला प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा सार्वजनिक पर्खालका भित्ताहरूमा कलात्मक चित्र लेखनलाई निरन्तरता दिइएको हो । यसका लागि ०८० फागुन १७ गते सम्झौता भएको थियो । पहिलो चरणमा सुन्धारा, नयाँ वानेश्वर, प्रदर्शनी मार्गका भित्ताहरू लगायतका काम सम्पन्न भएका छन् ।

प्रतिकृया दिनुहॊस