सर्वोच्चको न्यायाधीशमा निरौला र पाण्डेय नियुक्त

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतका दुई न्यायाधीश नियुक्त गरेका छन् । राष्ट्रपति पौडेलले नृपध्वज निरौला र नित्यानन्द पाण्डेयलाई सर्वोच्चको न्यायाधीशमा नियुक्त गरेका हुन् ।

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा १२९ को उपधारा (२) बमोजिम न्याय परिषद्को सिफारिसमा देहाय बमोजिमका मुख्य न्यायाधीश निरौला र पाण्डेयलाई सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्ति गरेको शीतल निवासले जानकारी दिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

काठमाडौं महानगरले फेरि थाल्यो भित्तेचित्र लेखन (तस्बिरहरु)

काठमाडौँ । मौलिक तथा प्राचीन महत्वका चित्रकलाबाट सहरको सुन्दरता अभिवृद्धि गर्ने कामलाई काठमाडौँ महानगरपालिकाले पुनः सुचारु गरेको छ । ललित कला प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा सार्वजनिक पर्खालका भित्ताहरूमा कलात्मक चित्र लेखनलाई निरन्तरता दिइएको हो । यसका लागि ०८० फागुन १७ गते सम्झौता भएको थियो । पहिलो चरणमा सुन्धारा, नयाँ वानेश्वर, प्रदर्शनी मार्गका भित्ताहरू लगायतका काम सम्पन्न भएका छन् ।

प्रतिकृया दिनुहॊस