शाइन रेसुंगा डेभलपमेन्ट बैंकको लाभांश घोषणा

काठमाडौं । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले गत आर्थिक वर्ष २०८०/८१ को वितरणयोग्य सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पुँजीको कुल आठ प्रतिशत लाभांश घोषणा गरेको छ ।

गएको शुक्रबार बसेको बैंकको सञ्चालक समितिको बैठकबाट गत आर्थिक वर्षको वितरणयोग्य सञ्चित मुनाफाबाट तीन प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित पाँच प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरिएको हो ।

उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वकृत भई बैंकको आउँदो साधारणसभाबाट पारित भएपछि लगानीकर्ताले लाभांश प्राप्त गर्नेछन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

प्राइम कमर्सियल बैंकले बोलायो साधारण सभा

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव …

प्रतिकृया दिनुहॊस