नारायणगढ-मुग्लिन खण्डमा माइक्रोबस र बस ठोक्किँदा ज्यान गुमाउनेको संख्या ५ पुग्यो

काठमाडौं । चितवन । नारायणगढ-मुग्लिन सडकखण्डको सत्र किलोमा भएको दुर्घटनामा पाँच जनाको मृत्यु भएको ६ भने पाँच जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता भेषराज रिजालका अनुसार आज बिहान ३ः०० बजे मुग्लिनबाट नारायणगढतर्फ आइरहेको माइक्रोबस र नारायणगढबाट मुग्लिनतर्फ गइरहेको बस एकापसमा ठोक्किँदा माइक्रोमा सवार गोरखा आरुघाट गाउँपालिका-१ का ४२ वर्षीय राजबहादुर गुरुङ, माइक्रोबसका चालक, परिचय नखुलेका ४० वर्षीया महिला, ३२ वर्षीय र ३५ वर्षीय पुरुषको मृत्यु भएको हो ।

दुर्घटनामा अन्य पाँच जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको भरतपुर अस्पताल र तीन जनाको चितवन शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

परराष्ट्रमन्त्री राणा १३ गते चीन जाने, जापान भ्रमण स्थगित

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा आगामी मंसिर १३ गते चीन जाने निश्चित भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणको तयारीलाई सहज बनाउन मन्त्री राणा प्रधानमन्त्रीभन्दा पाँच दिन अगावै उत्तरी छिमेकी मुलुकतर्फ प्रस्थान गर्न लागेकी हुन् ।

प्रतिकृया दिनुहॊस