नेपालकी अनुजाले ग्रहण गरिन् ‘बिजनेस रोलमोडल’ अवार्ड

काठमाडौं । नेपालकी अनुजा सराफ अग्रवालले व्यवस्थापन क्षेत्रमा खटिएका महिलाहरूबीचको एक अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा ‘बिजनेस रोलमोडल’ अवार्ड प्राप्त गरेकी छिन्। बिहीबार मलेसियामा आयोजित एक समारोहकाबीच उनले अवार्ड ग्रहण गरेकी हुन्।

व्यवस्थापनमा महिला नामक सञ्जालले मलेसियामा आयोजना गरेको ‘प्रोफेसनल एन्ड करिअर वुमन ग्लोबल अवार्ड २०२४’ प्रतियोगिताका लागि २९ देशका २ सय ६० जनाको मनोनयन परेको थियो।

तीमध्येबाट निर्णायकमण्डलले टप ५० छानेको थियो। टप ५० मा परेका महिला उद्यमी तथा व्यवस्थापकहरूबाट पाँच चरणको छनोट प्रक्रियापछि अनुजालाई बिजनेस रोलमोडल घोषणा गरेको हो।

अनुजा काठमाडौँस्थित ब्रिटिस कलर इन्ड्स् प्रालिकी निर्देशक हुन्, जसमार्फत उनले ‘मेक इन नेपाल’ अभियान पनि सञ्चालन गरिरहेकी छन्।

उनको कम्पनीले उच्च मूल्यका तयारी सामानहरूको आयात घटाउने उद्देश्यले स्वदेशी स्रोत साधन र स्थानीय जनशक्ति प्रयोग गरी गुणस्तरीय कोटिङ सेवा उपलब्ध गराउने उद्देश्यका साथ काम गरिरहेको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सुनको भाउ १५ हजार ९ सयले घट्यो, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । सरकारले भन्सार दर घटाएपछि स्थानीय बजारमा सुनको भाउ ह्वात्तै घटेको छ । नेपाली बजारमा आज प्रतितोला सुनमा १५ हजार ९ सय रुपैयाँले घटेको हो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला सुनको मूल्य १ लाख ५१ हजार ३ सय रुपैयाँ कायम गरेको छ ।

प्रतिकृया दिनुहॊस