युनिलिभर नेपालका सेयर धनीहरूका लागि अहिलेसम्मकै उच्च लाभांश

काठमाडौँ । युनिलिभर नेपाल लिमिटेड (यूएनएल) ले ३१ औँ वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न गरेको छ । कम्पनीले आफ्नो इतिहासमा अहिलेसम्मकै उच्च लाभांश १ हजार ७१४ रुपैयाँ प्रति शेयर स्वीकृत गरेको छ । गत वर्षको भुक्तानीको तुलनामा यो ८% वृद्धि हो ।

कार्यक्रममा युनिलिभर नेपाल लिमिटेडका अध्यक्ष देव बाजपेईले कम्पनीलाई हालको स्थितिमा पुर्‍याउनको लागि सेयर धनीहरूको अटुट सहयोगको लागि धन्यवाद ज्ञापन गरे । सभामा विगत चार वर्ष देखि युनिलिभर नेपालको बोर्डलाई नेतृत्व प्रदान गर्दै आएका बाजपेईलाई ऐच्छिक सेवा निवृत्तिको लागि शुभ कामना प्रदान गरिएको थियो ।

कम्पनीका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत अम्लान मुखर्जी, बोर्ड र सेयर धनीहरूले बाजपेईलाई युनिलिभर नेपाललाई सबल बनाउन पुर्‍याएको योगदानका लागि सम्मान गरेका थिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एफएनसीसीआईका अध्यक्ष ढकाललाई इन्डोनेसिया सरकारको सम्मान

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)का अध्यक्ष तथा नेपालका लागि इन्डोनेसियाका अवैतनिक वाणिज्यदूत चन्द्रप्रसाद …

प्रतिकृया दिनुहॊस