सूचना आयोगको प्रमुख आयुक्तमा डा. आचार्य सिफारिस

काठमाडौँ । राष्ट्रिय सूचना आयोगको प्रमुख आयुक्तमा डा. सुरेश आचार्य सिफारिस भएका छन् । आयोगको आयुक्तमा गगन विष्ट र दुर्गा भण्डारी सिफारिस भएका छन् । आचार्य नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष हुन् ।

विष्ट प्रेस चौतारी नेपालका पूर्वअध्यक्ष हुन् भने भण्डारी प्रेस काउन्सिलकी सदस्य हुन् । आचार्य नेपाली कांग्रेस तथा विष्ट र भण्डारी एमालेको कोटाबाट सिफारिस भएका हुन् ।

राष्ट्रिय सूचना आयोगको प्रमुख आयुक्त र आयुक्तको सिफारिस गर्न सभामुखको अध्यक्षतामा सञ्चार तथा सूचना प्रविधिमन्त्री र नेपाल पत्रकार महासंघको अध्यक्ष सदस्य रहने कानुनी व्यवस्था छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रवि लामिछानेलाई थप १० दिन हिरासत राखेर अनुसन्धान गर्न अदालतको अनुमति

काठमाडौं । सहकारीको रकम अपचलन प्रकरणमा पक्राउ परेका पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थप १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत कास्कीले अनुमति दिएको छ । कार्तिक २ गते पक्राउ गरी ल्याइएका रास्वपा सभापति लामिछानेलाई असोज ४ गते ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो ।

प्रतिकृया दिनुहॊस