अपडेट : पोखरीमा डुबेको कारबाट दुई जनाको शव निकालियो, खुल्यो परिचय

[horoscope in nepal, news from nepal, newsdainik, dainiknews]

काठमाडौं । सर्लाहीमा गुड्दागुड्दै पोखरीमा खसेर डुबेको कारबाट दुई जनाको शव निकालिएको छ । मंगलबार बिहान बयलवासबाट महोत्तरीको गौशाला जाँदै गरेको लु२च ६७५८ नम्बरको कार सर्लाहीकै ईश्वरपुर नगरपालिका-२ मियाँखोरस्थित पोखरीमा डुबेको थियो ।

सशस्त्र प्रहरीको उद्धार टोलीले साढे ८ बजे महोत्तरीको गौशाला नगरपालिका-१० का सुरेश महतो (चालक) र सोनमा गाउँपालिका-८ का रामाकान्त ठाकुरको शव पोखरीबाट निकालेको हो । गोताखोर टोलीले पोखरीमा डुबेको कार पनि भेटाएको छ ।

कारमा सवार गौशाला-२ का अन्दाजी ३१ वर्षीय जनक यादव पौडिएर बाहिर निस्किएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले बताए । कार अनियन्त्रित भएर सडक छेउमा रहेको सरस्वती उच्च माध्यामिक विद्यालयको पोखरीमा गएर डुबेको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कांग्रेसले देशको अवस्था बदल्ने तागत राख्छ : भूपेन्द्रजंग शाही

काठमाडौं । नेपाली कांग्रेसका युवा नेताको संयोजनमा १० बुँदे एजेण्डासहित मेची-महाकाली ‘युवा सङ्कल्प यात्रा’ सञ्चालन गरिने भएको छ । यात्राबाट युवालाई लोकतन्त्र, विधिको शासन, युवा हकहित र जनअधिकारका पक्षमा ऐक्यबद्धता जनाउँदै समृद्ध नेपाल निर्माणमा उद्यमशील बन्न प्रेरित गर्ने अपेक्षा गरिएको छ ।

प्रतिकृया दिनुहॊस