राष्ट्रपति र प्रधानमन्त्रीले लगाए भाइटीका

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाबाट टीका ग्रहण गरेका छन् । उनले शुभसाइटमै विधिपूर्वक तिहारको टीका लगाएका हुन् । राष्ट्रपति पौडेललाई बहिनीहरुले राष्ट्रपति भवनमा टीका लगाइदिएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पनि बहिनीहरु विष्णुमाया ढकाल, कौशिला कोइराला र विष्णु ओलीको हातबाट शुभसाइतमा टीका लगाएका छन् । प्रधानमन्त्री ओलीले बालुवाटारस्थित सरकारी निवासमा बहिनीहरुबाट भाइटीका लगाएको प्रधानमन्त्री ओलीले स्वकीय सचिवालयले जनाएको छ ।नेपाल पञ्चांग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत आज बिहान ११ बजेर ३७ मिनेटका लागि निर्धारण गरेको थियो । यमपञ्चकको अन्तिम दिन आज दिदीबहिनीले दाजुभाइलाई र दाजुभाइले दिदीबहिनीलाई टीका लगाउने परम्परा छ ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

अपडेट : पोखरीमा डुबेको कारबाट दुई जनाको शव निकालियो, खुल्यो परिचय

काठमाडौं । सर्लाहीमा गुड्दागुड्दै पोखरीमा खसेर डुबेको कारबाट दुई जनाको शव निकालिएको छ । मंगलबार बिहान बयलवासबाट महोत्तरीको गौशाला जाँदै गरेको लु२च ६७५८ नम्बरको कार सर्लाहीकै ईश्वरपुर नगरपालिका-२ मियाँखोरस्थित पोखरीमा डुबेको थियो ।

प्रतिकृया दिनुहॊस