घरमै खेलिरहेका बालक चार दिनदेखि बेपत्ता

काठमाडाैं । हुम्लामा एक बालक चार दिनदेखि बेपत्ता छन् । खार्पुनाथ गाउँपालिका–३ राया गाउँका दुई वर्षीय सरत रोकाया यही कात्तिक १४ गतेदेखि बेपत्ता भएका हुन् । खार्पुनाथ–३ का वडाध्यक्ष च्याङ्गा बोहराका अनुसार सरत घरबाटै  हराएका हुन् ।

आमा बुवा दिउँसो खाजा खान घरभित्र गएको समयमा बालक घर बाहिर खेल्दै गर्दा हराएको उनको भनाइ छ। बालक हराएपछि राया गाउँका बासिन्दा चार दिनदेखि उनको खोजी गरिरहेका छन् । बालक हराएपछि परिवारजनले खोजी गर्न स्थानीय प्रहरी चौकीलाई गुहारेका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री