अरिंगालले टोक्दा नाबालक दिदीभाइको ज्यान गयो

काठमाडाैं । बझाङमा अरिंगालको टोकाइबाट दिदीभाइको मृत्यु भएको छ । थलारा गाउँपालिका-२ डोरगाउँका तीन वर्षीय सुरबीर खाती र पाँच वर्षीया सिया खातीको मृत्यु भएको हो । उनीहरू दिदीभाइ हुन् ।

अरिंगालको टोकाइबाट अन्य तीन जना घाइते भएको थलारा गाउँपालिकाका प्रवक्ता रविन्द्र खातीले बताए । उनका अनुसार घाइते हुनेमा मृतककी सात वर्षीया दिदी सुमी खाती, आमा डम्मरा खाती र ५८ वर्षीया हजुरआमा रहेकी छन् । उनीहरूको रायल प्राथमिक स्वास्थ केन्द्र देउरामा उपचार भइरहेको छ ।

शनिबार दिउँसो घर नजिकै घाँस काट्ने क्रममा बिच्किएका अरिंगालले उनीहरूलाई टोकेको र उपचारको क्रममा बालबालिकाको मृत्यु भएको प्रवक्ता खातीले जानकारी दिए । तिहारको समयमा भएको यो घटनापछि डोरगाउँ शोकमा डुबेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

अपडेट : पोखरीमा डुबेको कारबाट दुई जनाको शव निकालियो, खुल्यो परिचय

काठमाडौं । सर्लाहीमा गुड्दागुड्दै पोखरीमा खसेर डुबेको कारबाट दुई जनाको शव निकालिएको छ । मंगलबार बिहान बयलवासबाट महोत्तरीको गौशाला जाँदै गरेको लु२च ६७५८ नम्बरको कार सर्लाहीकै ईश्वरपुर नगरपालिका-२ मियाँखोरस्थित पोखरीमा डुबेको थियो ।

प्रतिकृया दिनुहॊस