मल्टिमिडिया अवार्ड जित्दै श्रृंखला मिस वर्ल्डको टप ३० मा

काठमाडाैं । मिस नेपाल श्रृंखला खतिवडा चीनको पर्यटकीय सहर सान्यामा जारी मिस वर्ल्ड २०१८ को टप ३० मा प्रवेश गर्न सफल भएकी छन् । केन्या र मेक्सिकोका सुन्दरीलाई मल्टिमिडिया अवार्डमा उछिन्दै नेपाली सुन्दरी श्रृंखलाले आफूलाई टप ३० भित्र पार्न सफल भएकी हुन् ।

चीनको सान्यामा भइरहेको मिस वर्ल्ड २०१८ मा सहभागी श्रृंखला पहिलो राउन्डमा भएको हेड टु हेड च्यालेन्ज अन्तरगत समूह १३ मा लक्जेम्बर्ग, बोस्निया एन्ड हर्जगोभिना, गुयाम र माल्दोभाकी सुन्दरीलाई हराउँदै अघि बढेकी थिइन् । त्यसपछि टप ३० का लागि भएको हेड टु हेड च्यालेन्जमा उनी सिंगापुरकी सुन्दरीसँग पराजित भएपछि टप ३० मा प्रवेश गर्न असफल भएकी थिइन् ।

तर सोमबार भएको प्रतिस्पर्धामा मिस मल्टिमिडिया र ब्युटी विद द पर्पोज अवार्ड जित्दै मिस वर्ल्डको टप ३० मा पुगेकी हुन् ।  जानकारी अनुसार उत्कृष्ट तीन ‘मल्टिमिडिया फाइनलिस्ट’ मध्ये पहिलो स्थानमा रहँदै उनी टप ३० मा पुगेकी हुन् । यो विधामा मेक्सिको दोस्रो र केन्या तेस्रो स्थानमा रहेका छन् ।

हेड टु हेड च्यालेन्जमा सिंगापुरकी सुन्दरीसँग पराजित भएर टप ३० मा पुग्ने अवसर गुमाएकी श्रृंखलालले अन्ततः मल्टिमिडियातर्फ बाजी मार्दै आफूलाई अब्बल सावित गरेकी हुन् । अाइतबार भएको हेड टु हेड च्यालेन्जमा श्रृंखला सिंगापुरकी भेनेसा पहेसँग पराजित भएकी थिइन्। भेनेसाले उत्कृष्ट प्रस्तुति दिएपछि शृङ्खला कमजोर देखिएकी थिइन्। तर उनले मल्टिमिडिया तर्फ अब्बल सावित गर्दै टप ३० मा पुग्न सफल भइन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

यस्तो छ चलचित्र ‘छक्का पञ्जा-५’ को गीत ‘ब्रेकअप’

काठमाडौँ । नेपाली चलचित्र ‘छक्का पञ्जा-५’ को गीत ‘ब्रेकप’ सार्वजनिक भएको छ । आगामी असोज …

प्रतिकृया दिनुहॊस