काठमाडौं महानगरले यी तीन स्थानमा साफ महिला च्याम्पियनसिपको फाइनल देखाउने

काठमाडौं  । काठमाडौं महानगरपालिकाले नेपाल र बंगलादेशबीच आज साँझ हुने साफ महिला च्याम्पियनसिपको फाइनल खेल लाइभ गर्ने भएको छ ।

महानगरपालिकाको टुँडिखेल, सानौ गौचरण र सिफल चौरमा खेल लाइभ गर्ने तयारी भइरहेको मेयर बालेन्द्र शाह (बालेन) को सचिवालयले जनाएको छ । मेयर बालेनको प्रेस सहजकर्ता सुरेन्द्र बजगाईंले दिएको जानकारी अनुसार, लाइभ गर्नका लागि आवश्यक तयारीको कामहरू भइरहेको छ ।

साफ महिला च्याम्पियनसिपको सातौँ संस्करणको उपाधिका लागि आज घरेलु टोली नेपाल र साविक विजेता बंगलादेश भिड्दैछन् । त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा हुने खेल साँझ साढे ६ बजे सुरु हुनेछ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बंगलादेशले उचाल्यो दोस्रोपटक साफ च्याम्पियनसिपको उपाधि, नेपाल फेरि उपविजेतामा सीमित

काठमाडौं । साफ महिला च्याम्पियनसिपको उपाधि साविक बिजेता बंगलादेशले जितेको छ । बुधबार साँझ त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनलमा नेपाललाई २-१ गोलले पराजित गर्दै बंगलादेशले उपाधि जितेको हो । बंगलादेशका लागि मोनिका चक्मा र ऋतु पोर्ना चक्माले १-१ गोल गरे । नेपालको लागि अमिशा कार्कीले बराबरी गोल फर्काएपनि नेपाल खेलमा फर्कन सकेन ।

प्रतिकृया दिनुहॊस