काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई २५.५० प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।
बैंकको मंगलबार बसेको सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको ६.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित १९ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।
उक्त प्रस्ताव नेपाल राष्ट्र बैंक र यस बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीले लाभांश प्राप्त गर्ने छन् ।
यो लाभांश पारित भएपछि बैंकका सेयरधनीले प्रतिकित्ता १९ रुपैयाँका दरले नगद रकम प्राप्त गर्ने छन् । २०० कित्ता सेयर हुने सेयरधनीले १३ कित्ता सेयर प्राप्त गर्ने छन् ।
प्रतिकृया दिनुहॊस