स्ट्यान्डर्ड चार्टर्ड बैंकले २५.५० प्रतिशत लाभांश दिने

काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई २५.५० प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

बैंकको मंगलबार बसेको सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको ६.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित १९ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

उक्त प्रस्ताव नेपाल राष्ट्र बैंक र यस बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीले लाभांश प्राप्त गर्ने छन् ।

यो लाभांश पारित भएपछि बैंकका सेयरधनीले प्रतिकित्ता १९ रुपैयाँका दरले नगद रकम प्राप्त गर्ने छन् । २०० कित्ता सेयर हुने सेयरधनीले १३ कित्ता सेयर प्राप्त गर्ने छन् ।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सांग्रिला डेभलपमेन्ट बैंकको २०औं वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

काठमाडाैं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले मंगलबार आफ्नो २०औं वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न गरेको …

प्रतिकृया दिनुहॊस