ओमोडा एन्ड जेइको इन्टरनेसनल युजर समिट चीनमा सम्पन्न

काठमाडौं । सवारी उत्पादक कम्पनी ओमोडा एन्ड जेइकोले इन्टरनेसनल युजर समिट (शिखर सम्मेलन) सम्पन्न गरेको छ । चीनको वुहुमा भएको उक्त समिटअन्तर्गतको लार्ज–स्केल ग्रीन च्यारिटी साइक्लिङ इभेन्टमा संयुक्त राष्ट्रसंघका पूर्वमहासचिव बान कि मुन समेत सहभागी भएका थिए ।

सम्मेलनमा ओमोडा एन्ड जेइकोको प्यारेन्ट कम्पनी र आईयूसीएन (इन्टरनेसनल युनियन फर कन्जर्भेसन अफ नेचर)बीच चेरिस नेचर नामक ग्लोबल कोअपरेसन प्रोजेक्टमा हस्ताक्षर भएको छ ।

सम्मेलनमा मुनले विश्वव्यापी नयाँ ऊर्जा क्षेत्रमा ओमोडा एन्ड जेइकोको प्यारेन्ट कम्पनीको योगदानको प्रशंसा गरे । उनले दिगो विकासको अवधारणालाई प्रवर्द्धन गर्न र वातावरण संरक्षणको जनचेतना जगाउन ग्रीन साइक्लिङ इनिसिएटिभको महत्त्वलाई जोड दिए । ग्रीन ट्रान्सफर्मेसन तथा लो–कार्बन फ्युचर हासिल गर्न विश्वव्यापी सहकार्यका निम्ति आह्वान समेत उनले गरे ।

सम्मेलनमा ओमोडा एन्ड जेइको नेपालका ग्राहक तथा उपभोक्ता राजन सापकोटा र मिलन चाम्लिङ पनि सहभागी भएका थिए । ओमोडा एन्ड जेइकोले आफ्नो रणनीतिलाई उत्पादनउन्मुखबाट प्रविधिउन्मुखतर्फ सफलतापूर्वक परिवर्तन गरेको जनाएको छ ।

नेपाली बजारमा एसपीजी अटोमोबाइल्स प्राइभेट लिमिटेडले ओमोडा एन्ड जेइको अटोमोबाइल्स कम्पनी लिमिटेडको आधिकारिक बिक्रेता रहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एमएडब्ल्यू ग्रुप फोटोन ग्लोबल अवार्ड्स २०२४ बाट सम्मानित

काठमाडौं । एमएडब्ल्यू ग्रुपले प्रतिष्ठित फोटोन ग्लोबल अवार्ड २०२४ मा दुई महत्त्वपूर्ण सम्मान प्राप्त गरेको …

प्रतिकृया दिनुहॊस