मुनलाइट हाइड्रोपावरको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सन्‌राइज क्यापिटल

काठमाडौं । मुनलाइट हाइड्रोपावर कम्पनीले सर्वसाधारणमा जारी गर्न लागेको प्राथमिक सेयर (आईपीओ) निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सन्‌राइज क्यापिटल लिमिटेड नियुक्त गरेको छ ।

कम्पनीले बिक्री गरिने १०० रुपैयाँ अंकित दरका एक करोड ७६ लाख १० हजार ५० कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।

सम्झौतामा लक्ष्मी सन्‌राइज क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठ र मुनलाइट हाइड्रोपावरको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनन्त कार्कीले हस्ताक्षर गरेका हुन् ।

मुनलाइट हाइड्रोपावर कम्पनीको सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिकामा रहेका २२.१४ मेगावाट क्षमताको बलेफी—ए जलविद्युत् आयोजना निर्माणाधीन छ । हाल यस आयोजनाको ७० प्रतिशतभन्दा बढी कार्य सम्पन्न भइसकेको कम्पनीले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सुन तोलामै १५ हजारसम्म सस्तिने, कहिलेदेखि लागू हुन्छ ?

काठमाडौं । सरकारले सुनचाँदीको आयातमा लाग्ने भन्सार महसुल दर घटाएको छ । भारतमा सुनको भन्सार महसुल थोरै रहेका कारण नेपालमा चोरी तस्करी बढ्ने आशंकासहित भन्सार महसुल घटाइएको हो । भन्सार महसुल घटाउने सरकारको निर्णयले सुनको मूल्य तोलामा झण्डै १५ हजार रुपैयाँले सस्तो हुने भएको छ ।

प्रतिकृया दिनुहॊस